Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

NEWS 0001


अमेरिकाले माओवादीलाई आंतककारीको सूचिबाट हटायो

काठमाडौं, भदौ २१– संयुक्त राज्य अमेरिकाले एकीकृत नेकपा माओवादीलाई आंतककारीको सूचिबाट हटाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एमाओवादीलाई सूचिवाट हटाएको वेबसाइटमार्फत जनाएको छ ।
अमेरिकाले माओवादीलाई सन् २००४ देखि नै आंकतकारीको सूचिमा राखेको थियो । हिंसात्मक बिद्रोह त्यागेर माओवादी शान्ति प्रकृयामा आएको झण्डै ८ वर्षपछि अमेरिकाले आंतककारीको सूचिबाट हटाएको हो ।